होमपेज / समाज
हिमाल शर्मा भदौ २१, सल्यान
मास्क नलगाई बाहिर हिड्ने १ हजार ६ बढी नागरिकलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कारवाही गरेको छ ।
लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि संक्रमणको जोखिम बढ्ने भन्दै प्रशासनले मास्क अनिवार्य गरेको छ ।
मास्क लगाउन गरिएको आग्रहलाई अवेज्ञा गर्ने १ सय ६ सय ९० जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रशासनले मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना गर्दै आएको छ ।
गत असार २७ गतेदेखि हालसम्म मास्क नलगाई बाहिर निस्किएकाहरुको जरिवानाबाट १ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मास्क नलगाई बाहिर निस्किएकालाई कारवाही सहित निःशुल्क मास्क दिने गरेको प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोहीको भनाई छ ।
मास्क बिना हिँडडुल गर्नेमाथि संक्रामक रोगग ऐन अनुसार कारवाही गरिएको जोशीले बताए । उनले भने ‘मास्क नलगाई बाहिर आउनेलाई तत्काल सचेत बनाउँछौ अटेर गरे कारवाहीमा दायरामा ल्याउँछौं ।’
कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थामा आवश्यक साबधानी अपनाउँदै यसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन अनिवार्य रुपमा मास्क लगाउनु पर्ने व्यवस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारवाही गरिएको प्रहरीको भनाई छ ।





.jpg)