होमपेज / समाज
माघ २३, सल्यान
२०५९ जेठ २९ गते छत्रेश्वरी गाउँपालिका १ बुराँसे भिडन्तमा बमको छर्रा टाउकोमा लागेपछि सिद्ध कुमाख गाउँपालिका ४ खार्वनका पहल चलाउने घाइते भए । टाउकोमा लागेका ५ वटा छर्रा बोकेर उनी अहिले पनि हिडि रहेका छन् ।
अप्रेशनका लागि धेरै प्रयास गर्दा पनि आर्थिक अभावका कारण उनी सफल हुन सकी रहेका छैनन । टाउकोमा लागेको छर्राकै कारण उनको बाँया हात र खुट्टाले काम गर्न छोडेको छ । छर्रा फाल्न नसक्दा शारिरिक अवस्था दिनदिनै कमजोर बन्नुका साथै आर्थिक अवस्था दयनिय बन्दै गएको बताए ।
रुकुमको खारामा २०६१ चैत्र २४ गते भएको भिडन्तमा काप्रै्रचौर स्थित जुमखोलाका कृष्ण केसीको शरिर भर ५४ वटा छर्रा लागे । घरजग्गा र सम्पत्ति बेचेर उपचार गर्दा पनि उनले शरिरका २२ छर्रा मात्र निकाल्न सके । उनको टाउकोमा २ सहित शरिरका अन्य अंगमा अझै ३२ छर्रा बाँकी नै छन् ।
चितवनका कृष्णभीरमा माइन विस्फोट गराउदा बागचौर नगरपालिका ४ शिवरथका दिपक विकलाई खुट्टामा छर्रा लागे । केही छर्रा उपचार गरी निकाले पनि अझै २ वटा बाँकी नै छन् ।
यी त प्रतिनिधि पात्र मात्र हुन । जिल्लामा द्धन्द्धकालमा घाइते भई अशक्त जीवनयापन गर्ने दर्जनौं छन् । आर्थिक समस्याका कारण उपचार गर्न नसक्दा अशक्त जीवन विताउन बाध्य हुनु परेको द्धन्द्धका घाइतेहरुको गुनासो छ ।
साविकको स्थानीय शान्ति समितिको तथ्याङ्क अनुसार जिल्लाभर २ हजार ३ सय १० जना घाइते भएका थिए । द्धन्द्धकालमा केही घाइतेहरुले राहत पाए पनि उपलब्ध भएको राहतले उपचार सम्भव नभएको उनीहरुको भनाई छ । घाइते दिपक विकले भने राज्यले जीवन निवार्हका लागि मात्र केही राहत दियो तर शरिरमा भएका बमका छर्रा केले निकाल्ने ?
देश परिर्वतनका लागि आफ्नो शरिर अंगभंग हुँदा पनि राज्यले घाइतेहरुको व्यवस्थापन गर्न नसकेको घाइतेहरुको भनाई छ । आफ्नै पार्टी सरकारमा हुँदा समेत निरह भएर जीवनयापन गर्न बाध्य भईरहेको उनीहरुको भनाई छ ।
जिल्लामा द्धन्द्धको समयमा माओवादी र राज्इ पक्षबाट पिडित बनेका २ हजार ५९ जनाले अझै राहत पाउन सकेका छैनन् । घाइते तथा अंगभंग भएका २ हजार ३ सय १० मध्ये ३३ जनालाई मात्र साविक स्थानीय शान्ति समितिले राहत र जीवन निर्वाह भत्ता दिएको थियो । स्थानीय शान्ति समिति खारेज भएपछि द्धन्द्धपिडितहरुको समस्या जिल्ला प्रशासन कार्यालय सल्यानले हेर्दै आइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपनाले द्धन्द्धकालमा घाइते तथा अंगभंग भएका मध्ये ३३ जनाले जीवन निर्वाह भत्ता पाउँदै आएको बताए । यस वर्ष छुटेकाहरको पुनरावलोकन गर्न भन्दै गृह मन्त्रालयले सूचना जारी गरेको बताए ।





.jpg)