ट्रेण्डिङ

होमपेज / समाज

विद्यालय जाँदै गरेका बालकलाई टिपरले ठक्कर दियो

  सल्यान खबर २०७६ माघ २३ गते बिहीबार १२:१६:५६ मा प्रकाशित

माघ २३, २०७६

बैतडी : दार्चुलामा टिपर ठक्करबाट एक बालकको ज्यान गएको छ। 

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका –९ का अन्दाजी ६ वर्षीय महेश महर रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।

गोकुलेश्वरबाट बलाँच तर्फ गईरहेको बा १३ च २०४१ नम्बरको टिपरले विद्यालय जाँदै गरेका महरलाई किचेको हो। दोषीलाई कारवाहीको माग गर्दै स्थानीयहरुले अहिले सडक बन्द गराएका स्थानीय सुरेश विष्टले जानकारी दिए।

टिपर चालक शेरबहादुर पुन मगर र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको घटनास्थलमा खटिएका प्रहरी हवलदार रामसिंह धामीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top