होमपेज / समाज
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको पदको दुरुपयोग गर्नेलाई कारवाही गरिने चेतावनी दिएका छन् ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा निर्मित प्रहरी व्यारेक भवनको सोमबार उद्घाटन गर्दै खनालले पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारवाही गरिने बताएका हुन् ।
अहिले प्रहरीले नकारात्मक काम निरुत्साहित गर्न अभियान सञ्चालन गर्न लागेको खनालले बताए ।
उनले भने, 'अभियानका लागि देशभरका ७४८ स्थानीय तहसँग सम्झौता भइसकेको छ, यसबाट ६० हजार विद्यार्थी लाभान्वित हुने छन् ।'
सो अवसरमा खनालले डाँफे र मुनाल सदनको उद्घाटन गरे । सात करोड ७३ लाख ९७ हजार रूपैयाँमा भवन निर्माण गरिएको हो ।





.jpg)