होमपेज / समाज
माघ २१, २०७६ सुर्खेत : सुर्खेतमा मंगलबार भएको बोलेरो जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बराहताल गाउँपालिका-९ का ७४ वर्षीय दशरथ शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले जनाए। त्यस्तै, दुर्घटना परि १४ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार रहेको सुर्खेत प्रहरीले जनाएको छ।
घाइतेहरूको उद्धारपछि प्रदेशिक अस्पताल र माया नर्सिङ होममा उपचार भइरहेको छ। स्थानीय खाराबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश १५-००१-ज-००१५ नम्बरको बोलेरो जीप वीरेन्द्रनगर-१४ फेदखोलामा दुर्घटना भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।





.jpg)