होमपेज / समाज
माघ २१, २०७६
जुम्ला : गोठमा आगो लागेपछि गोरुलाई उद्दार गर्न जाँदा जुम्लाका कनकासुन्दरी गाउँपालिका २ की भेटेनी ऐडीको मृत्यु भएको छ।
मालिका बोताकी ऐडीको एकतले गोठमा सोमबार बेलुकी १० बजेतिर आगो लागेको थियो। गोठमा आगो लागेपछि ऐडी त्यहाँ रहेका पशुपन्छीलाई उद्दार गर्न गएकी थिइन्। तर आगोमा परी उनको पनि त्यहीँ निधन भएको हो।
आगलागीबाट एक गोरु र एक कुखुरा समेत जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए।
आगलागीको कारण, क्षतिको विवरण र मुचुल्का उठाउन अहिले आगलागी भएको स्थानतर्फ प्रहरी निरीक्षकसहित सात जनाको टोली पठाइएको छ।





.jpg)