ट्रेण्डिङ

होमपेज / समाज

चोरी निकासीका कारण लोप हुदै बहुमूल्य जडिबुटी 

सल्यान खबर

  सल्यान खबर २०७६ माघ २१ गते मंगलबार १२:३६:४६ मा प्रकाशित

सल्यानमा पाइने महत्वपूर्ण जडिबुटिहरु लोभ तथा चोरी निकासी हुने गरेको पाइएको छ ।  अत्याधिक दोहन तथा चोरी निकासीका कारण जडिबुटी लोपोन्मुख हुदै जान थालेका छन् ।  नेपाल सरकारको प्राथमिकतामा परेका ३३ जातीका जुडिबुटि मध्ये सल्यानमा २१ जातका जडिबुटि पाइने गरेको जिल्ला बनस्पति कार्यालय सल्यानका कुष्ण पुनले जानकारी दिए ।

जलवायु परिवर्तन, वनमा मिसाहा प्रजातिको विकास, लोपोन्मुख जडिबुटीको खेती प्रविधिको अभाव, अत्याधिक दोहन तथा चोरी निकासीका कारण महत्वपूर्ण जडिबुटी दिनप्रतिदिन लोप हुदै गई रहेका छन् । उनले भने ‘नेपाल सरकारले प्राथमिकताका आधारमा ३३ जातका जडिबुटि भनेर किटान गरेको छ त्यस मध्येका २१ जातका जडिबुटि सल्यानमा रहेका छन्, तर त्यसको सहि प्रयोग र महत्व थाहा नपाउदा लोप हुने अवस्थामा पुगेका छन् ।’ 

नेपाल सरकारले निधारर्ण गरेको जडिबुटि मध्येका सुगुन्धकोकिला, टिमुर, तेजपात, काउलो, सुनाखरी, सुनगाभा, चिरातो लगाइतो, झ्याउ, बोजो लगायतका २१ जातका जडिबुटि सल्यानमा पाइने पुनको भनाई छ । यस्ता जडिबुटिका लागि अन्य जिल्लाको हावापानी मेल नखाने भएकाले चोरी निकासी तथा अतिदोहन र अवैज्ञानिक संलकन हुने गरेको पुनले बताए । 

सल्यानमा सुनगाभा ३२ प्रजातिका पाइने र त्यस भित्रको औषधिको गुण भएको डुड्रोटिमा जातको सुनगाभा विदेशसम्म चोरी निकासी हुने गरेको उनको भनाई छ । उनले भने ‘नेपालभर ३ सय ४० प्रजातिका सुनगाभा पाइन्छ त्यसमध्ये ३२ प्रजाति सल्यानमा रहेका छन् । त्यस भित्रको पनि डेड्रोटिम नामक प्रजातिबाट विदेशमा औषधि बनाइने हुँदा यो प्रजातिको बढिमात्रा चोरी निकासीहुने गरेको छ ।’ 

बजारमा जडिबुटिहरुको मुल्य बढ्ने बित्तिकै जडिबुटिको पातदेखि  जरासम्म नछोडी निकालेर बजारसम्म िकसानहरुले लग्ने गरेका कारण पनिलोप हुदै गईरहेको उनको भनाई छ  । यदि यस्ताप्रकारका जडिबुटिहरुको संरक्षण गर्दै व्यवसायिक खेतीगर्ने हो भने किसानहरु आत्मनिर्भर बन्न सक्ने पुनको भनाई रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top