ट्रेण्डिङ

होमपेज / प्रबिधि

सल्यानमा नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेशण र आविश्कार प्रतियोगिता तथा प्रदर्शनी

  सल्यान खबर डेस्क २०८० आश्विन २४ गते बुधबार १७:०५:५१ मा प्रकाशित

असोज २४,सल्यान 
विज्ञानमा विद्यार्थीको चासो बढाउन सल्यानमा नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेशण र आविश्कार प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रा सबैमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन उक्त प्रदर्शनीले सहयोग गर्ने आयोजक एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानले जनाएको छ । 


विद्यार्थी कोही घोकन्ते विद्यामा तीक्ष्ण त कोही प्रयोगात्मक क्रियाकलापमा तीक्ष्ण रहेका हुँदा सबैलाई एकैसाथ विज्ञानमा अघि बढाउन पहिलो पटक अन्तरविद्यालय प्रतियोगिता र प्रदर्शनीको आयोजना गरिएको संगठनका अध्यक्ष हिरालाल नेपालीले बताउनु भयो । यस प्रकारका प्रदर्शनीले छात्रछात्राको आकर्षण बढाउन यस प्रकारका क्रियाकलापको आयोजना गरिएको उहाँको भनाई छ । 

प्रतियोगिता तथा प्रदर्शनीमा चार विद्यालयका १५ वटा प्रस्तुती रहेका थिए । 
प्रतियोगितामा शिवजन माध्यमिक विद्यालय शितलपाटी प्रथम, निराजन माध्यमिक विद्यालय ढोरचौर द्धितिय, जनता माध्यमिक विद्यालय काभ्रा तृतिय र सरस्वती माध्यमिक विद्यालय शिवरथ सान्त्वना भएको छ । प्रतियोगितामा उत्कष्ट अन्वेशकको रुपमा शिवजन माध्यमिक विद्यालयका गौरव देवकोटा हुनु भएको छ । 


कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले देशले परम्परागत शिक्षा पद्धतिलाई समयानुकूल परिवर्तन र परिमार्जन गरी रोजगारमूलक, श्रम र सीपयुक्त, स्वरोजगारी सिर्जना गर्ने तथा व्यवस्थापनमूलक शिक्षा नीतितर्फ राज्यले जोड दिनु पर्ने बताउनु भयो । सरकार बदलिरहन सक्ने तर देश बदल्नका लागि वर्तमान शिक्षा पर्याप्त नभएकाले कुशल व्यवस्थापनयुक्त, विश्वपरिवेश सुहाउँदो शिक्षाको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले यस्ता प्रदर्शनी तथा प्रयोगात्मक अभ्यासले विद्यार्थी र मुलुकमा विज्ञानको विकास र विस्तारप्रति गम्भीर ध्यानाकर्षण गर्नेछ भन्दै उहाँले नेपालले अब विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्रकारका शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top