ट्रेण्डिङ

होमपेज / प्रबिधि

कर्णाली प्रदेशसभामा अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधयेक दर्ता

  सल्यान खबर डेस्क २०७८ पौष १ गते बिहीबार १२:५८:४४ मा प्रकाशित

 पुष १,सल्यान 
कर्णाली प्रदेशसभा सचिवालयमा ‘कर्णाली नव प्रवर्तन, अन्वेषण तथा आकिष्कार प्रतिष्ठान विधेयक , २०७८’ दर्ता भएको छ ।

गैरसरकारी विधेयकका रुपमा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व कानुनमन्त्री नरेशन भण्डारीले सचिवालयमा चिवालयमा ‘कर्णाली नव प्रवर्तन, अन्वेषण तथा आविश्कार प्रतिष्ठान विधेयक , २०७८’ बुधबार दर्ता गराएका हुन । 
विधेयक दर्ता पछि पत्रकारसँग कुरा गर्र्दै भण्डारीले कर्णालीको विज्ञान तथा प्रविधिको क्षेत्रमा नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार गर्दै प्रतिभाशाली वैज्ञानिक एवं प्राविधिक जनशक्तिलाई परिचालन, प्रोत्साहन र कदर गरी आर्थिक समृद्धियुक्त खुसी समाज निर्माण गर्ने उद्देश्यले आविष्कार प्रतिष्ठानको स्थापनार्थ विधेयक ल्याइएको बताए ।

\अहिलेको विज्ञान र प्रविधिको युगलाई खासै चासो नदिइएकोले ऐनमार्फत देशभित्र तथा विदेशका नयाँ आविस्कारसँगै नविन सोच र अवधाराणालाई स्थान दिने गरी विधेयक ल्याइएको उनको भनाई छ । । खासगरी अब्बल मष्तिष्कहरुको प्रयोग नहुँदा प्रतिभावान जनशक्ति हतास हुँदै गएका छन यद्यपि यो अन्वेषण तथा आविस्कार प्रतिष्ठानले ती प्रतिभालाई आकर्षित गर्ने भण्डारीको दावी रहेको छ ।

कर्णालीका नागरिकहरुको खुशी, सुख र समृद्धिका लागि विभिन्न क्षेत्रका प्रतिभाहरुलाई केन्द्रित गरी उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने कार्य आविस्कार केन्द्रले गर्ने उनको भनाई छ । उनले भने ‘नयाँ आविस्कारका लागि ब्याज, ऋण अनुदान वा अनुदान दिएर नवप्रतिभाहरुको नवप्रवर्तनात्मक कार्यलाई उत्साहित बनाउने कार्य यसमा व्यवस्था हुनेछ ।’ प्रदेशसभा सदस्य भण्डारीले पलायन हुँदै गरेको प्रतिभालाई उत्पादनसँग जोड्ने र ‘नयाँ अवधारणा ल्याउ, पैसा लिएर जाउ’ नीति अख्तियार गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top