ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकामा एकै दिन ३ लाख कोरोना संक्रमित

  एजेन्सी २०७७ पौष २० गते सोमबार १७:३९:१२ मा प्रकाशित

बितेको २४ घण्टामा अमेरिकामा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा झण्डै तीन लाख मानिसमा संक्रमण भेटिएको छ। 

यो कोरोना संक्रमण सुरु भएयताकै सर्वाधिक संख्या भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

अमेरिकामा हालसम्म २ करोड ११ लाख १३ हजार पाँच सय २८ जनामा कोरोना देखिएको छ। जसमध्ये ३ लाख ६० हजार ७८ जनाको ज्यान गएको छ भने संक्रमणमुक्त हुनेको संख्या संख्या १ करोड २४ लाख ३६ हजार नौ सय ५८ जना छन्।

हालसम्म विश्वमा कोरोनाबाट ८ करोड  ५४ लाख ९८ हजार ५ सय ९५ संक्रमित भइसकेका छन्। कुल १८ लाख ५० हजार हजार ६ सय ५ व्यक्तिको यसबाट ज्यान गइसकेको छ।

विश्वमा हालसम्म ६ करोड ४ लाख ५१ हजार ९ सय ८४  जना संक्रमणमुक्त भइसकेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top