ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा एक वर्षमा २ सय २५ अपराधिक घटना

एक महिनामा १२४ फरार प्रतिवादी पक्राउ

  दिपक शर्मा २०७७ भाद्र १८ गते बिहीबार १७:५२:४३ मा प्रकाशित

दीपक शर्मा भदौ १८,सल्यान 
सल्यानमा एक वर्षको अन्तरालमा २ सय २५ अपराधिक घटना भएका छन् । लागु औषध, बालविवाह, जबरजस्ती करणी, करणी उद्योग, कर्तव्य ज्यान लगायतका अपराधिक घटना भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांक अनुसार २०७६ भाद्र १८ गते हालसम्म लागु औषध (अफिम) ११, जुवातास ३०, बालविवाह २८, जबरजस्ती करणी १९ करणी उद्योग ९, कर्तव्य ज्यान ३, चारी १६, हातहतियार खरखजना ६, मानव बेचविखन २, सवारी ज्यान ७ लगायत मुद्याका २ सय २५ घटना भएका छन् । 

 मुद्दाका प्रतिवादी पक्राउ परी मुद्दा समेत फच्यौट भई सकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । एक वर्षको अन्तरालमा सबैभन्दा बढी जबरजस्ती करणी र करणए उद्योगका मुद्दा रहेका छन् । 

घटना समाजमा लुकाउनु हुँदैन भन्ने सोचको विकास र सल्यानका सम्पूर्ण घरमा प्रहरी लगायतको स्थायी फोन न विस्तारले पनि घटना बाहिर आउन मद्यत गरेको खतिवडाको भनाई छ । महिला हिंसाका घटना बढेको भन्दा न्यायमा मानिसको सोचमा विकास हुँदा बढी देखिएको उनले बताए । 

एक महिनामा १२४ फरार प्रतिवादी पक्राउ 

यस्तै प्रहरीले एक महिनाको अवधिमा फरार सूचिमा रहेका १ सय २४ जनालाई पक्राउ गरेको छ । फैसला कार्यन्वयनको सिलसिलामा जिल्ला अदालत सल्यान र जिल्ला प्रशासन कार्यालय सल्यानबाट विभिन्न मितिमा कैद सजाय र जरिवाना तिर्न बाँकी १ सय २४ जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख खतिवडाको भनाई छ । 

पक्राउ परेका मध्ये ४२ जना कैद सजायका लागि कारागार चलान भएको र बाँकी जरिवानाका लागि फरार महिला २२ र पुरुष १ सय ८ जनालाई सम्बन्धित कार्यालयमा बुझाइएको उनको भनाई छ । ३८ वर्ष ११ महिना १९ दिन कैद र १ लाख ३२ हजार ६ सय २ पैसा जरिवाना अशुल गरिएको उनले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top