ट्रेण्डिङ

होमपेज / बिचार / सम्बाद

के ! अव गरेका वाचा पूरा गर्नुहुन्न नगर प्रमुख ज्यू ?

  सल्यान खबर डेस्क २०७८ फाल्गुण २२ गते आइतबार १४:०७:२६ मा प्रकाशित

म वनगाड कुपिन्डे न पा - २ सल्यानको एक बासिन्दा हु। जब नेपालमा स्थानीय सरकारको चुनाव भयो तब म लगायत हाम्रो नगरपालिकाका सबै नागरिक खुसी थियौ ।अव त केन्द्र को सरकार गाऊँ घरमै आउँछ रे खान नपाएकाहरूले भेट भरि खाना पाउँछन् ।बेरोजगारले रोजगार पाऊ न शिक्षाबाट वंन्चितले शिक्षा पाऊ न।कृषकले आधुनिक कृषि गर्छन् ।विद्यालयहरू गुणस्तरीय बन्छन्।यातायातका साधन घरघरमा पुग्छन्।घर घरमा झलमल्ल बिजुली बत्ती बल्छन्।नगरपालिका नै उज्यालो बन्छ।बेरोजगार भत्ता मिल्छ।कृषकले उत्पादन गरेको समानले राम्रो बजार पाउँछ।स्वास्थ्यबाट कोही वञ्चित हुनु पर्दैन विकासले लहरै लाग्छ। दुई वर्षको अन्तरालपछि हामीलाई धेरै बजेट को आवश्यक  भन्ने हामी नगरवासीको सपना सपनामै सीमित रहने नै भयो नगर प्रमुख ज्यू। अव केही समयपछि दोस्रो स्थानीय सभाको निर्वाचन हुँदै छ। 

जनतालाई सेवा दिने ठाउँमा निराशा मात्रै भयो । विश्व भर फैलिएको कोरोना महामारीको वेला नगरका नागरिकले  धेरै सास्ती खेपे कतिले समयमै उपचार नपाएर अकालमा मृत्यु भयो । कतिलाई कोर्यानटाईम र  आइसुलेन नहुँदा झन् सास्ती भयो। दसैँ को मुखमा शिक्षक शिक्षिकाको त भ रोकेर पढाइरहेका शिक्षक शिक्षिकाको मनोबल झन् खस्किँदै गयो। राजनीतिक वहानामा दैनिक आफ्नै देशमा हातमुख जोडिरहेका केही व्यक्ति लाई दोस्रो र तेस्रो मुलुक जान बाध्य हुनु पर्‍यो।कृषकबाट उत्पादित वस्तुको कुनै मूल्याङ्कन भएन। नगर मा पर्याप्त मात्रामा जडीबुटी हुँदा पनि कुनै मूल्याङ्कन गरिएन। असल काम गर्ने नगर भित्र का समाजसेवि ,शिक्षक शिक्षिका,नर्स डाक्टर, बुद्धिजीवी, राजनीतिज्ञ, पत्रकार, साहित्यकारहरूको कुनै मूल्याङ्कन गरिएन।

१) शिक्षा  

वङगाड कुपिन्डे न पा मा शिक्षा पहिले देखि नै पछाडि रहेको थियो।नगरपालिका भए पछि पनि त्यही अवस्थामा छ कुनै परिवर्तन भएको छैन।यस नगरपालिका भित्र शिक्षा आर्जन गर्न विद्यार्थीहरू दैनिक दुई घण्टासम्म पैदल यात्रा गरेर विद्यालयसम्म पुग्नु पर्छ ।दश भन्दा माथिको शिक्षा आर्जन गर्न विद्यार्थीहरू कोठा भाडा लिनु नै पर्छ ।सानो ५ १०वर्षको विद्यार्थी  भाइ बहिनीलाई कुनै छिमेकी नगरपालिका छिमेकी जिल्लाको आफ्नो आफन्त कहाँ छोड्नुपर्छ शिक्षा आर्जन गर्न ।एउटा विद्यार्थी स्कुल पठाए बापत अभिभावकले १- ८ कक्षासम्मको लागि वार्षिक रु १२०० सय देखि १५००  सम्म तिर्नुपर्ने बाध्यता छ। शिक्षकले तलब नपाएर शिक्षक पेसा नै छोड्नु पर्ने बाध्यता छ।कति विद्यालयमा राजनीतिक गरी शिक्षक भर्ना गर्ने नदी विद्यार्थी भाइ बहिनी प्रतिको भविष्यमा खेलबाड समेत  गरियो ।यस्तो किन ?  

२) स्वास्थ्य:

स्वास्थ्य मा पनि जस्तो पहिला उस्तै आजभोलि पनि सामान्य बिरामी चेक जाँच गर्न छिमेकी नगरपालिका छिमेकी जिल्ला कहाँ जानु पर्छ ।नगरपालिका भित्र एउटा गतिलो अस्पताल बन्न सकेन। यसका  कारण नगरपालिका भित्र धेरै नागरिकले कोभि बाट ज्यान गुमाउनु पर्‍यो।यस्तो हुँदा पनि नगरपालिकाको कुनै चासो भएन। यस्तो किन ?

३) यातायात 

यातायात पनि त्यही अवस्थामा कुनै परिवर्तन भएन। कच्ची बाटो नागरिकलाई   १०० भाडा पर्ने ठाउँमा करिब ३५० देखि ४०० सम्म भाडा तिर्नु पर्ने बाध्यता कतै रोडकै समस्या कहीँ रोडले नै नछोएको कहीँ  रोडले छोए पनि यातायातका साधनहरू पुग्न नसक्ने ।मानिसहरू दैनिक सर सामानहरू दुई चार घण्टासम्म बोकेरै हिँड्नु पर्ने बाध्यता ।यातायातका साधनहरू चल्ने ठाउँ हरूमा यातायातको प्रयोग गर्दा मानिसहरू धुलोले नचिने समस्या ।यस्तो किन ? 

४) विद्युत 

विद्युतको पनि पहिलो जस्तै आजभोलि पनि हामी सबैलाई आसा थियो गाउँ गाउँ मा बिजुली आउँछ पुरै गाऊँ घरमै झिलिमिली हुन्छ कठै१कहिले आउँथ्यो बिजुली हामीले उपयोग गर्न पाऊ थियौ ।एउटा सामान्य मोबाइल चार्ज गर्ने बिजुली भयोको ठाउँमै जानु पर्ने बाध्यता जहाँ को त्यही छ।पुरै गाऊँ अन्धकार मै छ।केही पैसा हुनेले सोलरबाट बत्ती वालेका छन् पैसा नहुने ले उही पुरानै टुप  लाइट दाउरा र झर्को ले दिन काट्नु परेको छ ।यस्तो कहिले सम्म र किन ?  तपाईँकै पालामा झर्को मुक्त नगर नहुने

५) कृषि

कृषिमा पनि कुनै परिवर्तन देखिएन जुन किसिमले खेती गरिन्थ्यो उही किसिमले खेती गरिन्छ । कृषिमा आधुनिक करण देखिएन।एस नगरपालिका भित्र टिमुर,अदुवा,आलु प्याज, केरा ,धान,गहुँ,मकै,कोदो  चना,केराऊ,मसुरो आदि  फलफूल तरकारी वालिहरू प्रशस्त मात्र मा पाइन्छन् यिनीहरूको बजार व्यवस्थापन नहुँदा कृषकलाई निकै सास्ती छ।यस्तो किन ? 

६ रोजगारी 

नगरपालिका भित्र शिक्षित वर्ग धेरै छन् तर जस्तो पहिला अवस्थामा बेरोजगार थिए त्यो भन्दा पनि बढी बेरोजगार अहिले छन्।नगरपालिका कुनै शिक्षित वर्ग प्रति कुनै चासो दिएको छैन र धेरै शिक्षित वर्गहरू रोजगार नपाएर दोस्रो र तेस्रो मुलुक जान बाध्य छन्।यस्तो  किन ?

यस नगरपालिका भित्र यस्ता धेरै समस्या छन् यी कहिले समाधान हुन्छन् ।यी समस्याहरू समाधान गरेर सेवा अवधि सक्नु राम्रो हुन्थ्यो ।तर पनि नगरपालिकाले यसको जवाफ त एक न एक दिन नै पर्छ ।

लेखक सल्यान वनगाड कुपिन्डे नगरपालिका २ निवासी हुन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top