ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ४१ जना कोरोना संक्रमित निको भएर घर फर्के

घर फर्कनेमा ३ बर्षिया बालिका देखि ६० बर्ष सम्मका

  सरिता चलाउने २०७७ असार २ गते मंगलबार १८:०८:२२ मा प्रकाशित

सरिता चलाउने  असार २ सल्यान 
सल्यानका ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । जिल्ला अस्पातल सल्यानको आईसोलेसनबाट ६ जना र सल्यान बहुमुखी क्याम्पसको आईसोलेसनबाट ३५ जना निको भएर घर फर्किएका हुन । 

निको भएर घर फर्कनेमा ३ बर्षिया बालिका देखि ६० बर्ष सम्मका रहेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । १ सय ११ जनाको पिसिआर रिर्पोट जाँच गर्दा ४१ जनाको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई घर पठाईएको डाक्टर अर्जुन बुढाले बताए । 

निको भएर घर फर्कनेमा दार्मा गाउँपालिकाका ६ जना र बनगाड कुपिण्डे नगरपालिकाका ३५ जना रहेका छन । उनका अनुसार सल्यानमा कोरोना भाईरस संक्रमनबाट निको हुनेको संख्या ५४ पुगेको छ । यस अघि सुर्खेतको कोरोना अस्पतालमा उपचाररत १३ जना निको भएर घर फर्कि सकेका छन् । 

लुहापिङको आइसोलेसन र सल्यान अस्पताको आइसोलेसनमा ८२ जना विरामी रहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. बुढाको भनाई छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top