ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना १८ जना घाइते

  सल्यान खबर डेस्क २०८३ बैशाख ५ गते शनिबार २१:४४:०६ मा प्रकाशित

वैशाख ५,सल्यान 
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना भएको छ । बनगाड कुपिण्डे नगरपालिका ८ थारा देखि कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर जाँदै गरेको लु.प्र ००१ प ०२७१ नम्बरको जिप बनगाड कुपिण्डे नगरपालिका १० पुछाला नजिक शनिबार राति दुर्घटना भएको हो । वडा न ८ का वडाध्यक्ष कुल बहादुर पुरीका अनुसार ५ गम्भीर सहित १८ घाइते छन् । स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षाकर्मीले घाइतेको उद्दार गरी उपचारका लागि कोहलपुर, सुर्खेत र सल्यान अस्पताल पठाइएको छ । घाइतेहरुको विवरण आउन बाँकी छ । घाइतेहरुको विवरण संकलन भइरहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top