होमपेज / समाज
चैत २६,सल्यान
सल्यानमा भिरबाट लडेर ५९ वर्षीय वृद्धको मृत्यु भएको छ । दार्मा गाउँपालिका ६ मल्चाका ५९ वर्षीय प्रेम बहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कामी शोही वडाको चिसापानी भिरबाट लडेर एक सय मिटर तल मृत्त अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनी हिजो २५ गते जाजरकोटबाट घर तर्फ फर्कदै गरेको भन्ने बुुझिएको जिल्ला प्रहरी कार्यालय सल्यानको सूचना शाखाले जनाएको छ । शव घटनास्थलमा नै रहेको र घर परिवारलाई जानकारी भई थप अनुुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।





.jpg)