ट्रेण्डिङ

होमपेज / समाज

जिल्ला प्रशासन कार्यालय सल्यानका कर्मचारी पक्राउ

  सल्यान खबर डेस्क २०८२ चैत्र २५ गते बुधबार २१:०५:५९ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा फाँटमा कार्यरत सुब्बा नीरज परियारलाई प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीलाई दुःख दिएको, मुद्दा मिलाइदिन्छु भन्दै आर्थिक लेनदेनमा बार्गेनिङ गरेको तथा फेक च्याट निर्माण गरेकोलगायतका  आरोपमा उजुरी परेपछि परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका परियारलाई सल्यान जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जेन–जी सल्यानका संयोजक युवराज खड्काले सामाजिक सञ्जालमार्फत आरोप लगाउनुका साथै पक्राउ गरी आवश्यक अनुसन्धान गर्न भन्दै गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय सल्यानमा चैत २१ गते उजुरी दिएका थिए। परियारमाथि कार्यालयमा बसेर सेवाग्राहीलाई दुःख दिने, आर्थिक चलखेल गरेको आरोप छ।

गम्भीर आरोप भएकाले दुवै पक्षका विषयमा अनुसन्धान गर्न प्रहरीले निर्देशन दिइसकेको र आरोपित परियारलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top