होमपेज / समाज
चैत २,सल्यान
नेपाल एकात्मक शासन व्यवस्थाबाट संघीय शासन व्यवस्थामा रुपान्तरण भएको सन्दर्भमा सबै तहको संरचनामा महिलाको हक, अकिकार संस्थागत गरी निति निर्माण र निर्णय प्रक्रियामा महिलाो अर्थपूर्ण सहभिागिता सुनिश्चित गरिनु पर्ने सल्यानमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । राजनीतिक, आर्थिक तथा सार्वजनिक जीवनका सबै तहको निति निर्माण र नेतृत्व तहमा महिलाको पूर्ण, प्रभावकारी र समान अवसर सुनिश्चित गरिनु पर्ने उनीहरुको भनाई छ ।
सोमबार सल्यान श्रीनगरमा नेपाल महिला सामुदाियक सेवा केन्द्रले सञ्चालन गरेको महिलावादी अनुपम अभियान कार्यक्रममा बोल्दै केन्द्रकी अध्यष कल्पना न्यौपानेले राजनीतिमा महिला सहभागिता अनिवार्य रहेको र यसलाई निरन्तर सार्वजनिक बहसको विषय बनाउनु पर्ने बताउनु भयो । हरेक तहका निर्वाचनमा महिलाको नेतृत्व वृद्धि गर्न महिलाकर्मी एकजुट भएर आवाज उठाउन आवश्यक रहेकोमा जोड दिनु भयो । कानुनी रुपमा महिलालाई राजनीतिक क्षेत्रमा समान अधिकार दिएता पनि व्यवहारतहः कार्यान्वयन पक्षमा भने राजनीतिक दल उदासिन भइरहेको बताउनु भयो ।
यस्तै शारदा नगरपालिका उपमेयर सुस्मिता सापकोटाले पितृसत्तात्मक सामाजिक संरचना तथा अपर्याप्त सहायता संयन्त्रका कारण महिलाले राजनीतिमा प्रवेश गर्ने, सक्रिय रहने र नेतृत्व तहमा पुग्न अझै पनि कयौं चुनौतीका सामाना गर्नु परि रहेको बताउनु भयो । संविधानको मर्म तथा समानुपातिक समावेशिताको सिद्धान्त अनुरुप राजनीतिमा महिला सहभागिता बढाउन विद्यमान कानून कार्यान्वयन तथा प्रगतिशिल कानून निर्माण सरोकारवालाहरु गम्भीर हुन जरुरी छ उहाँले भन्नु भयो । लामो समयदेखि राजनीति भनेको पुरुषप्रधान क्षेत्रका रुपमा रहेको भए पनि पछिल्ला वर्षहरुमा महिला सहभागिताले केही फड्को मारेता पनि राजनीतिक दलहरु महिलालाई नेतृत्वतहसम्म पु¥याउन आनाकानी गर्ने गरेको बताउनु भयो ।





.jpg)