होमपेज / समाज
फागुन २२,सल्यान
सल्यानमा ५ हजार ५ सय ९० मतको गणना गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले सुरु देखिनै अग्रता कायम गर्दै आइरहनु भएको छ ।
५ हजार ३०३ सदर मतको २ हजार १ सय २१ मत प्राप्त गर्नु भएको छ । उहाँलाई रास्वपाका ललित कुमार चन्दले पच्छाई रहनु भएको छ । चन्दले १ हजार १ सय २५ मत ल्याउनु भएको छ । यस्तै नेपाली कांग्रेसका केश बहादुर विष्टले ९१८, एमालेका गुलाब जंग शाहले ६८३ मत प्राप्त गर्नु भएको छ ।
जिल्लाका ११७ मतदानस्थलका २०५ मतदान केन्द्रबाट करिब ५१ प्रतिशत अर्थात ८४ हजार २०१ मत खसेको छ ।जसमा महिला ४६ हजार ९५९ र पूरुष ३७ हजार २४२ जनाले मत हालेका थिए ।
जिल्लामा ८३ हजार ३२१ पुरुष र ७९ हजार १२८ महिला गरी १ लाख ६२ हजार ४४९ मतदान रहेका थिए ।





.jpg)