ट्रेण्डिङ

होमपेज / समाज

निर्वाचनः सल्यानका सबै निर्वाचन स्थलमा सर्वदलिय बैठक सम्पन्न

  सल्यान खबर डेस्क २०८२ फाल्गुण १९ गते मंगलबार २०:५६:३१ मा प्रकाशित

फागुन १९,सल्यान 
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामाग्री सहित निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन् । 

निश्चित मतदान केन्द्रमा कर्मचारी पुगी  सर्वदलिय बैठक सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । सल्यानमा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र रहेका छन् । जसमा सबै मतदान स्थलमा मतदान अधिकृतहरुले सर्वपक्षिय तथा सर्वदलिय बैठ्क सम्पन्न गरेका छन् । २ स्वतन्त्र सहित १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागितामा निर्वाचनलाई शान्त, मर्यादित, भयरहित र धाधलि रहित वातावरणमा सम्पन्न गराउन सबै पक्षले सहमति जनाएका छन् । साथै मतदानकेन्द्रमा महिला, पुरुष, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकहरुका लागि सहज मतदानको व्यवस्थापनका लागि तयारी गरिएको छ । 
४२० मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित एक हजार २२८ कर्मचारी परिचालित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top