होमपेज / समाज
फागुन १४,सल्यान
भेरी नदीमा हाम फालेर बेपत्ता महिलाको शव एक हप्ता पछि फेला परेको छ । उनको शव सुर्खेत गुर्भाकोट नगरपालिका पोखरे स्थित भेरी नदी किनारमा आज (बिहीबार) फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्तक पुष्पाको दिदीले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ ।
दांग तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँकी २१ वर्षीया पुष्पा सिहं फागुन ८ गते सल्यान बनगाड कुपिण्डे नगरपालिका १ जडागौडा स्थित भेरी पुलबाट हाम फालेकी थिइन । श्रीमानसँगै माइतघर आएकी सिहं घुम्न श्रीमानसँगै भेरी पुल पुगेकी थिइन ।
नदीमा हाम फाल्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाई छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।





.jpg)