ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बेवारिसे पाँच नाल भरुवा बन्दुक बरामद

  सल्यान खबर डेस्क २०८२ फाल्गुण १० गते आइतबार २०:४६:०१ मा प्रकाशित

फागुन १०,सल्यान 
सल्यानको एक जंगलमा लुकाई राखेको पाँच नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका २ जुम्ले सल्ला सामुदायिक वन रानीपोखरी  जंगलमा लुकाई राखेको अवस्थामा ५ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

निर्वाचन नजिकिदै जाँदा सुरक्षार्थ गस्तीमा गएको प्रहरीलाई जंगलमा  लुकाई राखेको छ भन्ने गोप्य सूचनाका आधारमा बेवारिसे अवस्थामा अबैध बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । 

फागुन २१ को निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय सल्यानले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिरहेको अवस्थामा जंगलमा अवैभ बन्दुक फेला परेको हो । यस अघि पनि जिल्लाका विभिन्न स्थानबाट प्रहरीले थुप्रै अबैध भरुवा बन्दुक फेला पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top