होमपेज / समाज
फागुन ८,सल्यान
सल्यानमा भेरी नदी पुलबाट हाम फालेर एक युवती नदीमा बेपत्ता भएकी छन् । बनगाड कुपिण्डे नगरपालिका १ जडागौडा स्थित भेरी नदी माथि रहेको पक्की पुलबाट हाम फाल्दा दाङ तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँकी २१ वर्षीया पुष्पा सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
माइतीघर आएकी पुष्पाले पुलबाट हाम फाली बेपत्ता भएको भनी श्रीमानले प्रहरीलाई खबर गरेपछि प्रहरी स्थानीयको सक्रियतामा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण बहादुर केसीले जानकारी दिनु भयो । नदीमा हाम फाल्नुको कारण खुल्न नसकेको उहाँको भनाई छ ।
यस्तै भेरी नदीमा बेपत्ता भएकी सिहंको खोजतलास गर्ने क्रममा एक जना नदीमा डुबेको अवस्थामा उद्दार गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका १ का ४१ वर्षीय जितेन्द्र शाह नदीमा डुबेका थिए । उनको उद्दार गरि मेहलकुना अस्पताल सुर्खेतमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।





.jpg)