ट्रेण्डिङ

होमपेज / समाज

कार्यसम्पादन मूल्यांकनमा छत्रेश्वरी जिल्लाकै पहिलो

  सल्यान खबर डेस्क २०८२ माघ २९ गते बिहीबार १९:४६:३० मा प्रकाशित

१० स्थानीय तह रहेको सल्यानमा कार्यसम्पादन मूल्यांकनमा छत्रेश्वरी गाउँपालिका जिल्लाकै पहिलो भएको छ। छत्रेश्वरी ७२.२५ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ।

 

आयोगको तथ्यांकअनुसार कपुरकोट गाउँपालिकाले ६४.५२, त्रिवेणी गाउँपालिकाले ५५.८९, कालीमाटी गाउँपालिकाले ६६.७१, सिद्धकुमाख गाउँपालिकाले ५३.५२, कुमाख गाउँपालिकाले ५२.५२ र दार्मा गाउँपालिकाले ६३.४२ अंक प्राप्त गरेका छन्। यस्तै, बनगाड कुपिन्डे नगरपालिकाले ६६.९७, बागचौर नगरपालिकाले ५७.५८ र शारदा नगरपालिकाले ६१.१२ अंक प्राप्त गरेका छन्।

आयोगले स्थानीय तहका हकमा १७ सूचकमा मूल्यांकन गर्दै आइरहेको छ। १० असारभित्र बजेट सार्वजनिक गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, आर्थिक वर्ष ०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे–नगरेको विषयलाई मूल्यांकनको सूचकमा राखिएको छ।

यस्तै, आगामी आवको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए–नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा नाैमा विद्यार्थी टिकाउ दर, चारपटक गर्भ चेक गर्ने महिलाको अनुपात, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, एसइईको परीक्षाको नतिजा, बालबालिकाको खोपको अनुपात आदिलाई आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top