होमपेज / समाज
माघ ९,सल्यान
सल्यानमा दुई दिन दैनिक १२ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । पोल स्थानान्तरण, रुख विरुवा तथा बाँस कटिंग गर्न भन्दै दुई दिन दैनिक १२ विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सल्यानले जनाएको छ ।
प्राधिकरणका अनुसार माघ १२ र १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । राम्री कपुरकोट सडकखण्डमा सडक विस्तार एवं स्तरोन्नती कार्य भइरहेको स्थानमा स्टिल ट्युबलर पोल स्थानान्तरण, कपुरकोट गाउँपालिका ५ अरिंगाले फेदीमा एलटि कम्पोजित लाइन विस्तार तथा विभिन्न स्थानमा रुख विरुवा एवम् बास काट्नु पर्ने भएकाले माघ १२ र १३ गते १२ घण्टा विद्युत अवरद्ध गरिन थालिएको जनाएको छ ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यक अवस्था बाहेक लाइन सूचारु सहित कार्य गर्न प्रयत्न गरिने जनाएको छ । प्रसारण तथा वितरण लाइनलाई चुस्तदुरुस्त राखी नियमित र भरपर्दौ विद्युत उपलब्ध गराउन विभिन्न स्थानमा रुख विरुवा तथा वासले छोएको हुँदा पटक पटक लाइन अवरुद्ध हुने गरेको अवस्थालाई मध्यनजर गर्दै लाइन सुद्धिढिकरणको लागि बुस कटिंग कार्य समेत गरिने सूचनामा उल्लेख गरिएको छ ।






.jpg)