ट्रेण्डिङ

होमपेज / समाज

राप्ती राजमार्ग आजदेखि दैनिक ५ घण्टा बन्द

  सल्यान खबर डेस्क २०८२ माघ ८ गते बिहीबार १६:३०:४५ मा प्रकाशित

राप्ती राजमार्ग अन्तर्गत दाङ– सल्यान सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द भएको छ । पैयाँखोरियादेखि राम्रीसम्म सडक स्तरोन्नतीको काम गर्ने भन्दै आजदेखि २५ गतेसम्म दैनिक ५ घण्टा सडक पूर्ण रुपमा बन्द भएको हो । बिहान ११ बजेदेखि ४ बजेसम्म सडक पूर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । 

कार्यालयले सडक बन्दको समयमा बैकल्पिक मार्ग पैयाखोरिया–साताबास–किमुचौर–कपुरकोट, तुलसिपुर–बल्ले–लुहाम र लुहाम–कालिमाटी–तुलसिपुर सडक प्रयोग गर्न यात्रु तथा गाडी ब्यवसायलाई आग्रह गरेको छ । बन्दका कारण दाङ्ग,सल्यान, रुकुम र रोल्पाका स्थानीय प्रभावित भएका छन् ।

हर्नेटी देखि कपुरकोटसम्म सडक कालोपत्रे गर्नका लागि कटिङ्गको काम भैरहेको र नियमित गाडी संचालनले गर्दा निर्माणको काम प्रभावित हुने भएपछि छिटो भन्दा छिटो काम सम्पन्न गर्नका लागि विहिबारदेखि माघ २५ गतेसम्मका लागि दैनिक ६ घन्टा यातायात सेवा बन्द गरिएको सडक डिभिजन कार्यालय दाङ्गका प्रमुख दिपेन्द्र बहादुर बिष्टले बताए ।

निर्माणको काम चाडो सम्पन्न भए सल्यान–दाङ्ग–रोल्पा र रुकुमका स्थानीयलाई धेरै राहत हुने र जोखिम यात्रा गर्न नपर्ने उनले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top