ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बाघको आक्रमणबाट फेरी एक पुरुषको मृत्यु, एक हप्तामा दुई जनाको ज्यान गयो

  सल्यान खबर डेस्क २०८२ पौष २९ गते मंगलबार १३:५१:४१ मा प्रकाशित

पुष २९,सल्यान 
बाघको आक्रमणबाट सल्यानमा फेरी एक पुरुषको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका ६ हात्तिढुंगाका ६५ वर्षीय चन्द्र बहादुर खप्पतडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार दिउँसो घरदेखि करिब ३ सय मिटर टाढा घट्टमा पिठो पिस्न गएका खप्पतडी घर नफर्किए पछि बाघले आक्रमण गरेको हुन सक्ने भन्दै मंगलबार स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

 प्रहरी, स्थानीय र बाँके राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्टबाट खटिएको सयुक्त टोलीले खोजी गर्ने क्रममा मंगलबार दिउँसो आधा शरीर खाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले यहि पुष २५ गते कालिमाटी गाउँपालिका ७ पर्सेनीकी ४२ वर्षीया धनसरी रावतलाई आक्रमण गर्दा मृत्यु भएको थियो । एक हप्ताको बिचमा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि कालिमाटी गाउँपालिका ६ र ७ जना स्थानीय क्रसित बनेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top