ट्रेण्डिङ

होमपेज / समाज

ग्यास सिलिन्डर विस्फोट भएर एकै गाउँका नौजनाको मृत्यु भएपछि सल्यान टाकुरा गाउँ शोकमा

  सल्यान खबर डेस्क २०८२ पौष २९ गते मंगलबार १२:५५:३८ मा प्रकाशित

पुष २९,सल्यान 
भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको वडा कार्यालयले जनाएको छ । 

सोमबार बिहान करिब २ बजेको समयमा उनीहरू सुतिरहेको कोठामा  ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो । सिद्धकुमाख गाउँपालिका–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाको छोरा राजन विक रहेका छन् ।

यस्तै ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको  मृत्यु भएको वडाध्यक्ष मेक बहादुर बुढाथोकीले जानकारी दिनु भयो  । उनीहरू विगत करिब दुई वर्षअघि रोजगारीका लागि भारत गएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । 

अहिले सम्म ५ जनाको शव फेला परेको छ भने बाँकी शवको खोजि कार्य जारी छ । शव तितर वितर भएकाले हालसम्म सबै शवको औपचारिक पहिचान प्रक्रिया पूरा भइनसकेको र घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेका छन् ।

एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यतिबेला गहिरो शोकमा डुबेको छ । गाउँभरि शोकमा डुवेको छन भने आफन्त तथा छिमेकीहरू स्तब्ध बनेका छन् ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top