होमपेज / समाज
पुष २५,सल्यान
सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका ७ पर्सेनीकी ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार बिहान घर नजिकैको हरियाली सामुदायिक वनमा घाँस दाउरा काट्न गएकी रावतलाई बाघले आक्रमण गरेको थियो । स्थानीय प्रहरीको टोलीले खोजी गर्ने क्रममा घर देखि करिब ५ सय मिटर जंगलमा शव पेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





.jpg)