होमपेज / समाज
पुष ६,सल्यान
सल्यान प्रहरीले विभिन्न मुद्यामा फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ । सल्यान जिल्ला अदालतले फरक फरक मुद्दामा कसुरदार प्रमाणित भई कैद र जरिवाना तोकिएका प्रतिवादीहरुलाई आइतबार विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
पक्राउ हुनेमा सवारी ज्यान मुद्दाका शारदा नगरपालिका १० का ३२ वर्षीय मेघराज कंवर, हाडनाता करणी मुद्दाका दार्मा गाउँपालिका १ का ३८ वर्षीय चक्र बहादुर खड्का र हाडनाता करणीकै दार्मा गाउँपालिका १ की ३९ वर्षीया बिमला खड्का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । कंवरलाई अदालतले २०८१ पुष २१ गते तीन वर्ष कैद र ३२ हजार जरिवाना तोकेको थियो । उनलाई शारदा नगरपालिका १ श्रीनगरबाट पक्राउ गरिएको हो ।
हाडनाता करणीमा पक्राउ परेका चक्र बहादुरलाई २०७० पुष १८ गते १ महिना १५ दिन कैद तोकेको थियो । उनलाई बाँके नेपालगञ्ज उपमहानगरपालिका १२ वि.पि चोकमा लुकिछिमी बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको भट्टराईको भनाई छ । हाडनाता करणीकी बिमलालाई पनि २०७०पुष १८ मा नै ६ महिना कैद तोकेको थियो । फरार खड्कालाई बर्दिया बासगढी नगरपालिका ४ बछुवाबाट गोप्य सूचनाका आधारमा बर्दिया प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका दुवै खड्कालाई सल्यान ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।





.jpg)