ट्रेण्डिङ

होमपेज / समाज

परम्परागत कालिमाटी मेलाको फोहोर व्यवस्थापन गरियो

  सल्यान खबर २०८२ पौष १ गते मंगलबार १८:५०:४७ मा प्रकाशित

सल्यान, १ पौष । 

सल्यानको कालिमाटी गाउँपालिकामा लागेको परम्परागत मेला क्षेत्रमा छरिएको फोहोर व्यवस्थापन गरिएको छ । जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा मंगलबार मेला क्षेत्रको फोहोर संकलन र व्यवस्थापन गरिएको हो । 

कालिमाटी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित गंगामाला भगवती मन्दिर परिसरमा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमा ९धान्यपूर्णिमा० को अवसरमा ठुलो मेला लाग्ने गर्दछ। यो मेला धार्मिक तथा सांस्कृतिक महत्वको भएकाले सल्यान जिल्लासहित छिमेकी जिल्लाहरूबाट हजारौं भक्तजनहरू दर्शन तथा मेला अवलोकनका लागि आउने गर्दछन् । मेलामा बली चढाउने, पूजाआजा गर्ने, स्थानीय उत्पादनहरूको खरिदबिक्री र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने भएकाले मेला क्षेत्रमा प्लास्टिकजन्य सामग्री, खानेकुराका अवशेषलगायत ठूलो परिमाणमा फोहोर जम्मा हुने गरेको छ।

मेला सम्पन्न भएलगत्तै उत्पन्न हुने फोहोरको समस्या समाधान गर्न सरसफाइ एवं फोहोर व्यवस्थापन गरिएको कालिमाटी(३ कि वडा सदस्य भावना बिकले जानकारी दिनुभयो । जनप्रतिनिधि सहित गाउँपालिकाका कर्मचारी केशव थापा, ओम प्रकाश वली एवं ३५ जना बढी स्थानियहरुको सहभागितामा फोहोर संकलन, कुहिने र नकुहिने फोहोर छुट्याउने तथा सुरक्षित स्थानमा व्यवस्थापन कार्य सम्पन्न भएको हो । 

कालिमाटीमा गत मङ्सिर १७ देखि १९ गतेसम्म पौराणिक मेला लागेको थियो । मेला लगत्तै फोहोर व्यवस्थापन गर्ने भनिएकोमा स्थानियहरुको व्यस्तताको कारण पुस १ गते सरसफाइ गर्ने सहमति भए अनुसार मंगलबार फोहोर व्यवस्थापन गरिएको वडा सदस्य बिकले जनाउनुभयो । उहाँका अनुसार मुख्य मेला लागेको कछुवा दह क्षेत्र वरपर, मजाउ क्षेत्रमा सरसफाइ गरिएको हो । 

कालिमाटीको गंगामाला भगवती मन्दिर सल्यान जिल्लाको महत्वपूर्ण धार्मिक स्थल हो । यस क्षेत्रमा लाग्ने मेलाले स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top