होमपेज / समाज
मंसिर २०,सल्यान
सल्यानको एक सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका २ स्थित जलबारे सामुदायिक वनमा लागेको बस्तीमा पस्दा दुई गोठ जलेर नष्ट भएका हुन ।
आगोले वडा न २ की अन्दाजी ६६ वर्षीया शुसिला बोहरा र २६ वर्षीय रेशम बोहराको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिनु भयो । आगलागीबाट ४० हजार बराबरको क्षति भएको अनुमान गरिएको उहाँको भनाई छ । विगत चार वर्ष देखि ती गोठ खाली रहेकाले मानविय तथा अन्य भौतिक क्षति नभएको केसीले बताउनु भयो । स्थानीय, जनप्रतिनिधि र प्रहरीको शक्रियतामा जंगलमा लागेको आगो नियन्त्रणमा आएकाले वस्तीका अन्य घरमा क्षति नभएको प्रहरीको भनाई छ ।





.jpg)