होमपेज / समाज
मंसिर १९,सल्यान
सल्यानमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । रोल्पा देखि दाङ तुलसीपुर जाँदै गरेको रा १ ज ८४३ नम्बरको सफारी जिप सल्यान कपुरकोट गाउँपालिका ३ नयाँरोड नजिकै शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परि रोल्पा गंगादेव गाउँपालिका ४ अन्दाजी ४५ वर्षीय हरि बहादुर थापा, ४२ वर्षीया टिका थापा, ३० वर्षीया विमला थापा, विमला थापाको ९ वर्षीय छोरा पवन थापा र ८ वर्षीय रावल थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरु सबैको कपुरकोट आधारभुत स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना शाखाले जानकारी दिएको छ । घाइतेहरु सबैको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ । गाडी अनियन्त्रित भएर सडकमा नै पल्टिएको छ ।





.jpg)