ट्रेण्डिङ

होमपेज / समाज

अवैध बालुवा उत्खनन् गर्ने जेसिवि प्रहरी नियन्त्रणमा

  सल्यान खबर डेस्क २०८२ मंसिर १८ गते बिहीबार २०:३२:२५ मा प्रकाशित

मंसिर १८,सल्यान 
सल्यान प्रहरीले अवैध बालुवा उत्खनन् गरेको भन्दै जेसिवि नियन्त्रणमा लिएको छ । जिल्लाको कालिमाटी गाउँपालिका ५ जुमखोलाबाट अवैध बालुवा उत्खनन् गर्ने जेसिवि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 जुमखोलामा अवैध रुपमा बालुवा उत्खनन् भइरहेको भन्ने सूचनाका आधारमा रा १क ९३७ नम्बरको जेसिवि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानको सूचना विभागले जनाएको छ । नियन्त्रणमा लिएको जेसिवि अस्थायी प्रहरी पोष्ट बालुवा राखिएको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top