ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा शैक्षिक भ्रमणको जिप दुर्घटना १० घाइते

  सल्यान खबर डेस्क २०८२ मंसिर १२ गते शुक्रबार १८:५७:२२ मा प्रकाशित

मंसिर १२,सल्यान 
सल्यानमा शैक्षिक भ्रमणका लागि हिडेको जिप दुर्घटना हुँदा बालबालिका सहित १० जना घाइते भएका छन् । शुक्रबार दिउँसो बनगाड कुपिण्डे नगरपालिका १२ मा रहेको गोब्राही प्राथमिक विद्यालय बिरमखोलामा विद्यार्थीहरु शैक्षिक भ्रमणका लागि कुपिण्डे तालमा आउने क्रममा वडा न ८ आगरनेटामा रा १ ज ८७१ नम्बरको जिप दुर्घटना भएको हो । 

घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका १२ का ३८ वर्षीय टोपेन्द्र केसी, ३५ वर्षीया गोमा कुमारी केसी, ४ वर्षीय दिपेन्द्र थापा, १९ वर्षीय विष्णु रोका मगर, ३५ वर्षीया कृष्णा वली, ५ वर्षीय गौरव वली, २५ वर्षीय तेज बहादुर डाँगी, ४२ वर्षीय निर्मला घर्ती, ३७ वर्षीया ललिता डिसी र दैलेख ढुंगेश्वर गाउँपालिका ५ का २८ वर्षीय देव प्रसाद गौतम रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिपमा सवार २० जना मध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

जिप अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । जिप चालक कालिमाटी गाउँपालिका ३ फारुलाका २९ वर्षीय प्रकाश घर्तीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ । घाइते हुने अधिकांस शिक्षक र अभिभावक रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top