ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा रातो नम्बर प्लेट राखि यात्रु बोक्ने २९ सवारी साधन नियन्त्रणमा

  सल्यान खबर डेस्क २०८२ मंसिर ११ गते बिहीबार १९:५६:४४ मा प्रकाशित

मंसिर ११ सल्यान 
सल्यानमा रातो नम्बर प्लेट राखेर यात्रु बोक्ने विभिन्न २९ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा इभि,जिप, डब क्याप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

 १३ वटा इभि, ८ वटा डबल क्याप र ८ वटा जिप गरी २९ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालय, इप्रका सितलपाटी, इप्रका लुहाम, इप्रका देवस्थल, अस्थायी प्रहरी पोष्ट बालुवा र अस्थायी प्रहरी पोष्ट बावियाचौरबाट चेकिङमा खटिएको ट्राफिक सहितको टोलिले रातो नम्बर प्लेट राखेका सवारी साधनले यात्रु ओसार पसार गर्ने क्रममा नियन्त्रणमा लिएको उहाँको भनाई छ ।

 नियन्त्रणमा लिइएका सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय सहित सम्बन्धित प्रहरी कार्यालयमा राखि आवश्यक कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top