ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमाअवैध नदीजन्य समाग्री उत्खनन् गर्ने जेसिभि र स्काटेभर सहित चालक पक्राउ

  सल्यान खबर डेस्क २०८२ मंसिर ११ गते बिहीबार १९:०२:०२ मा प्रकाशित

मंसिर ११,सल्यान 
शारदा नदीमा अवैध बालुवा उत्खनन् गरेको आरोपमा सल्यान प्रहरीले जेसिवि र स्काभेटर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ शारदा नगरपालिका १  र सिद्ध कुमाख गाउँपालिका १ मोख्लाबाट जेसिवि र स्काभेटर सहित दुई चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

शारदा नगरपालिका १ रेशम ज्युला स्थित शारदा नदीमा अवैध बालुवा उत्खनन् गर्दै गरेको रा १ क १३६७ नम्बरको जेसिवि र सिद्ध कुमाख गाउँपालिका १ मोख्लाबाट बा १ क ५४३२ नम्बरको स्काभेटर सहित चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिनु भयो । पक्राउ परेकालाई आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइएको उहाँको भनाई छ । 

जिल्लाका विभिन्न स्थानहरुमा अवैध रुपमा खोला र नदिमा बालुवा गिट्टी जस्ता नदिजन्य पदार्थ उत्खनन नगर्न र अवैध रुपमा चलाईएका क्रसरहरु पनि संचालन नगर्न प्रहरीले आग्रह समेत गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top