ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा प्रतिवन्धित औषधि सहित मेडिकल सञ्चालक पक्राउ

  सल्यान खबर डेस्क २०८२ कार्तिक १० गते सोमबार १३:२८:३२ मा प्रकाशित

कात्तिक १०,सल्यान 
सल्यानमा प्रतिवन्धित औषधि सहित मेडिकल सञ्चालक पक्राउपरेका छन् । जिल्लाका शारदा नगरपालिका र कालिमाटी गाउँपालिकामा दर्ता नै नगरेर मेडिकल सञ्चालन गर्दै आइरहेका कालिमाटी गाउँपालिका ३ जुगेनाका ४० वर्षीय बेद प्रकाश केसीलाई प्रतिवन्धित औषधि सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

गोप्य सूचनाको आधारमा दुई मेडिकलमा खानतलास गर्दा शारदा नगरपालिका ९ सालचौर स्थित गंंगामाला पोलिक्लिनिक तथा मेडिकलबाट ७० ट्याब्लेट र कालिमाटी गाउँपालिका ३ जुगेनामा रहेको मेडिकलबाट २०० वटा  प्रिगा ७५   (Prega 75) नामक अवैध ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनु भयो ।

पक्राउ परेका केसीले सञ्चालन गरेका दुई वटै मेडिकल दर्ता नगरी अवैध रुपमा  सञ्चालन गरि रहेको पाइएको उहाँको भनाई छ । सञ्चालक केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रमुख केसीले बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top