ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा शारदा नदी किनारमा एक महिला मृत्त फेला 

  सल्यान खबर डेस्क २०८२ कार्तिक ८ गते शनिबार १५:११:५४ मा प्रकाशित

कात्तिक ८,सल्यान 
सल्यानमा शारदा नदी किनारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका वडा न १ र १२ जोड्ने शारदा पुल नजिकै  शारदा नगरपालिका १२ गाइनेटान नजिक शारदा नदी किनारमा महिलाको शव फेला परेको हो । 

शनिबार दिउँसो काम गर्ने क्रममा स्थानीयले  शारदा नदी किनारको कुलोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएकी महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शितलपाटीको टोली घटनास्थलमा पुगी मृत्तकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top