होमपेज / समाज
कात्तिक ४,सल्यान
भदौ २४ गते जैन्जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका दुई फरार कैन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार कार्यालय दाङ र कास्की पोखरा कारागारबाट भागी फरार दुई कैदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कारागार कार्यालय तुलसीपुर दाङबाट फरार बागचौर नगरपालिका ८ गैरागाउँका २२ वर्षीय मिलन बस्नेत र कास्की पोखरा कारागारबाट फरार सल्यान कपुरकोट गाउँपालिका ३ लामिडाँडाका ३६ वर्षीय रोम सिजाली मगर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरीक्षक डा. हरि केसीले जानकारी दिनु भयो । दुवैजनालाई आफ्नै घरमा लुकीछिपि बसी रहेको अवस्थामा पक्राउ गरिएको उहाँको भनाई छ ।
यस्तै विभिन्न मुद्यामा फरार रहेका ५२ कैदीबन्दीलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई अदालतमा पेश गरिएको प्रहरी प्रमुख डा. केसीले बताउनु भयो ।





.jpg)