ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मध्यरातमा अटो दुर्घटना हुँदा तीन जना घाइते

  सल्यान खबर डेस्क २०८२ आश्विन २८ गते मंगलबार ०८:१४:१९ मा प्रकाशित

असोज २८,सल्यान 
सल्यानमा अटो दुर्घटना हुँदा चालक सहित तीन जना घाइते भएका छन् । गएराती करिब १ बजेतिर कुमाख र दार्मा गाउँपालिकाको सिमाना मौलोहानेबाट कुमाख गाउँपालिका ३ रागेचौर जाँदै गरेको लु.प्र.न. ०२– ०० ह १३६५नम्बरको अटो कुमाख गाउँपालिका ६ भुतखोलीमा दुर्घटना भएको हो ।

 दुर्घटनामा परी अटो चालक कुमाख गाउँपालिका ३ डिग्रेखोलाकाका २५ वर्षीय जीवन राना, २१ वर्षीय मोहन थापा र १८ वर्षीय महेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते तीनै जनाको चौरजहारी मिसन अस्पताल जौरजहारी रुकुम पश्चिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । 
अटो अनियन्त्रित भएर सडकदेखि ३०० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top