होमपेज / समाज
असोज २४,सल्यान
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बिहीबार साँझ दार्मा गाउँपालिका ५ भिरपाटी स्थित रुकुम झुल्नेटाबाट नुवाकोट जोड्ने भित्रि सडक खण्डमा रा २ प ७०२२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक सल्यान कुमाख गाउँपालिका ५ चिमालडाँडाका २३ वर्षीय प्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सडकबाट झन्डै ४ सय मिटर खसेका घर्तीको झुल्नेटामा रहेको आकाश पोलिक्लिनिकमा सामान्य उपचार पछि जिल्ला अस्पताल सल्ले रुकुम पठाएको डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनु भयो ।
मोटरसाइकलको पछाडी सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका १४ का १८ वर्षीय महेन्द्र पुनको सामान्य उपचार पछि डिस्चार्च भएको उहाँको भनाई छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।





.jpg)