होमपेज / समाज
असोज २३,सल्यान
सल्यानमा जन्ति बोकेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका १० भागाचौरबाट थापाचौर जन्ती जादै गरेको लु प्र ०२ –००१ ज ००२१ नम्बरको जिप शारदा नगरपालिका ९ ज्वालापुरमा दुर्घटना भएको हो ।
घाइते हुनेमा शारदा नगरपालिका १० भागाचौरकी ६० वर्षीया गुमी कंवर, १४ वर्षीया शोभा कंवर, १४ वर्षीया हरिकला कंवर, २० वर्षीया दुलही कमला गिरी, १८ वर्षीय प्रविण कंवर, १४ वर्षीया रेनुका कंवर १७ वर्षीय हेमराज कंवर रहेको जिल्ला प्रहरी कार्याल सल्यानले जनाएको छ ।
यस्तै २६ वर्षीया कुमारी बुढाथोकी, वडा न ९ की ४२ वर्षीया प्रमिला गिरी, २४ वर्षीय दुलाहा चेतराम गिरी, १५ वर्षीया विमला गिरी र ३३ वर्षीय रुपराल गिरी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो ।
घाइतेहरु सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भइ सडकबाट करिब २ सय मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





.jpg)