होमपेज / समाज
असोज २०,सल्यान
सल्यानमा डबलक्याप जिप दुर्घटना हुँदा चालक सहित छ जना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट शारदा नगरपालिका ९ सुनचौर तर्फ जाँदै गरेको लु प्र ०२– ००१ च ०१९६ नम्बरको जिप शारदा नगरपालिका ९ ज्वालापुरमा दुर्घटना भएको हो ।
घाइते हुनेमा शारदा नगरपालिका ८ आराका २७ वर्षीय चालक सुरेन्द्र कंवर, सुनचौरकी ७२ वर्षीया भोटी कुमारी बुढाथोकी, १७ वर्षीय कुल बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनु भयो ।
यस्तै ७१ वर्षीय लाल बहादुर भण्डारी, वडा न ८ की २१ वर्षीया मञ्जरी राना र उहाँकी ५महिनाकी छोरी एलिशा राना, वडा न १४ का २६ वर्षीय शुसिल कंवर र ४८ वर्षिय भुप बहादुर विक रहेका छन् । घाइतेहरुको सल्यान जिल्ला अस्पताल र कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ ।
जिप आफै अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





.jpg)