होमपेज / समाज
असोज २०,सल्यान
सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका २ बुराँसेका ४५ वर्षीय मिन बहादुर कंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार दिउँसो बुराँसे जंगलमा बाख्रा चराउन गएका कंवर भिरबाट झन्डै २० मिटर तल खसेर घाइते भएका थिए । घाइते अवस्थामा स्थानीयले फेला पारे पछि मेडिकलमा उपचारमा लगेका थिए । स्थानीय मेडिकलमा उपचार हुँन नसकी घरमा लागेकोमा आइतबार साँझ आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





.jpg)