होमपेज / समाज
असोज १३,सल्यान
शारदा नदीामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका २ डाँडागाउँका १८ वर्षीय सुर्दशन उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार दिउँसो शारदा नगरपालिका १ श्रीनगर स्थित शारदा नदीमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा खोजतलास गर्ने क्रममा पौडी खेली रहेको स्थानमै पानि भित्र जालि भित्र अट्किएको अवस्थामा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनु भयो । मृत्तक उपाध्यायको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल लगिएको प्रहरीको भनाई छ ।





.jpg)