ट्रेण्डिङ

होमपेज / समाज

अपडेट फोर्स गाडी दुर्घटनाका मृत्तकको पहिचान खुल्यो

मृत्तक सबै रुकुम पश्चिम बाँफिकोटका

  सल्यान खबर डेस्क २०८२ आश्विन १२ गते आइतबार ०८:३७:१९ मा प्रकाशित

असोज १२,सल्यान 
सल्यानमा आइतबार बिहान भएको दुर्घटनामा परि मृत्यु हुने तीनै जनाको शनाखत भएको छ । मृत्तक तीनै जना रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ५ का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
मृत्यु हुनेमा २७ वर्षीय प्रकाश केसी, ६८ वर्षीय पवि केसी र २७ वर्षीय शशिधर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनु भयो । 
रुकुम पश्चिम देखि दाङ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी राप्ती राजमार्ग अन्र्तगत सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै आइतबार बिहान ४ बजे दुर्घटना भएको थियो । 
। दुर्घटनामा थप दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा रुकुम पश्चिम बाँफीकोट गाउँपालिका ५ का ४७ वर्षीय खगेन्द्र केसी र शोही ठाउँकी अन्दाजी ३६ वर्षीया विना केसी रहेका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उहाँको भनाई छ । गाडी सडकबाट ३÷ ४ सय मिटर तल खसेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top