ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

  सल्यान खबर डेस्क २०८२ आश्विन १२ गते आइतबार ०८:०१:१७ मा प्रकाशित

असोज १२,सल्यान 
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । रुकुम पश्चिम देखि दाङ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी राप्ती राजमार्ग अन्र्तगत सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै आइतबार बिहान ४ बजे दुर्घटना भएको हो । 

दुर्घटनामा परि १ महिला र २ पुरुषको मृत्यु भएको र मृत्तकको शनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा थप दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा रुकुम पश्चिम बाँफीकोट गाउँपालिका ५ का ४७ वर्षीय खगेन्द्र केसी र शोही ठाउँकी अन्दाजी ३६ वर्षीया विना केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनु भयो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उहाँको भनाई छ । 

सूचना अधिकारी बस्नेतका अनुसार ईलाका प्रहरी कार्यालय लुहाममा उक्त फोर्स गाडीले ३ पुरुष र २ महिला गरी जम्मा ५ जना सवार रहेको भनी इन्ट्री गरेको थियो । गाडी सडकबाट ३÷ ४ सय मिटर तल खसेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top