ट्रेण्डिङ

होमपेज / समाज

शनिबार पनि सेवा दिदै सल्यानको कुमाख गाउँपालिका

  सल्यान खबर डेस्क २०८२ आश्विन ११ गते शनिबार १९:१७:०२ मा प्रकाशित

असोज ११,सल्यान 

सल्यानको कुमाख गाउँपालिकाले शनिवार पनि सेवा प्रदान गरेको छ । कुमाख गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ बनाउने कार्य भइरहेको छ । 

ग्रामीण क्षेत्रबाट आएका सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न शनिवार पनि सेवा प्रदान गरिएको कुमाख गाउँपालिकाले जनाएको छ । 

शनिवार दिन १०७ जनाले सेवा लिएको कुमाख गाउँपालिका पञ्जिकरण शाखा प्रमुख मेघराज रावतले जानकारी दिनु भयो उहाँका अनुसार ४० जनाले नयाँ कार्ड, २ जनाले कार्ड लिनु भएको छ भने ६५ जनाको अन्य फारम चेक गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वयमा पालिकामा एक हप्ते राष्ट्रिय परिचय पत्र वितरण तथा दर्ता शिविर सञ्चालन भइरहेको छ । उक्त शिविर आइतबार सकिने भएकाले पालिकाभित्रका कुनै नागरिक राष्ट्रिय परिचय पत्र पाउनबाट विमुख हुन नपरोस् भनेर शनिवार पनि सेवा प्रदान गरिएको रावतको भनाई छ ।

 नागरिकको वैयक्तिक तथा जैविक वितरण समावेश भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहु उपयोगी प्रमाणपत्र भएको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top