ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा रातो च्याउ सहित चालक पक्राउ

  सल्यान खबर डेस्क २०८२ आश्विन ९ गते बिहीबार २१:४३:०२ मा प्रकाशित

असोज ९,सल्यान 
सल्यान प्रहरीले अवैध ३५ किलो रातो च्याउ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ३९३८ नम्बरको फोर्स गाडी चेक जाँचका क्रममा  चालक बर्दिया बारबर्दिया नगरपालिका ८ का ३२ वर्षीय शुकराज विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बिहीबार जाजरकोट सुर्खेत सडकखण्ड अन्तरगत बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा चेकजाँज गर्ने क्रममा गाडीको छतमा सेतो प्लाष्टिकको बोरीमा ४८ किलो च्याउ मध्ये श्री सन्ध्या सन्देश एण्ड रोजी सप्लार्यसको नाममा १३ किलो जिल्ला वन डिभिजन कार्यालय जाजरकोट खलंगाको छुट पुर्जि भएको र बाँकी ३५ किलो अवैध फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनु भयो । बरामद गरेको ३५ किलो च्याउ चालक र सवारी साधनलाई वनगाड कुपिण्डे सब डिभिजन वन कार्यालय सल्यानमा बुझाइएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top