होमपेज / समाज
असोज ५,सल्यान
जिल्ला प्रशासन कार्यालय सल्यानले पालिकाबाट सहज रुपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । राष्ट्रिय परिचयपत्रको लागि सदरमुकामसम्म सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि आइतबारबाट कुमाख गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको छ ।
आइतबार कुमाखबाट सुरु भएको परिचयपत्र वितरण १ हप्ता सम्म चल्नेछ ।
१ हप्ता सम्म पालिकाभित्रका अशक्त अपाङ्ग तथा वृद्धहरूको परिचयपत्र पनि बनाइने जिल्ला प्रशासनका कम्प्युटर अपरेटर अर्जुन रावतले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा पुगेर बनाइएका परिचयपत्र स्वयम् व्यक्तिको उपस्थितिमा नै कुमाख गाउँपालिकाको कार्यालयबाट वितरण गरिनेछ ।
पालिका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल र प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, उपाध्यक्ष लाल बहादुर रावत लगायत जिल्लाका सुरक्षा निकायका प्रमुख तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डिल्लीराज रावत मन्तव्य राखेका थिए ।
पूर्ण बहादुर राना र भीम बहादुर रानालाई जिल्ला समन्वय प्रमुख बेलाराम रावल र प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले परिचयपत्र वितरण गरेका हुन ।
असोज १२ गते सम्म कुमाख गाउँपालिकाका भित्रका ज्येष्ठ तथा अपाङ्ग अशक्त व्यक्तिहरूको परिचयपत्र पनि बनाइने एमआईएस अपरेटर मेघराज रावतले जानकारी दिएका छन् ।
शाखा अधिकृत मान बहादुर बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार सोनीले पालिकाले अहिले सम्म गरेका कामका बारेमा जानकारी दिएका थिए ।





.jpg)